काठमाडौंका मेयर बालेन्द्र साह(बालेन)ले बिहिबार काठमाडौं महानगरपालिकाका संस्थागत विद्यालयको शिक्षकहरुको तलब साुमदायिक विद्यालयको शिक्षकहरुले प्राप्त गर्ने तलब सेवासुविधा अनुसार उपलब्ध गराउन निजी विद्यालयलाई निर्देशन दिएपछि निजी विद्यायमा भूइँचलो गएको छ।

सरकारले तलब दिँदा त विभिन्न नाममा सामुदायिक विद्यालयहरुले विद्यार्थीबाट शुल्क उठाइरहेको अवस्थामा निजी लगानीका संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई सरकारी सरह तलब सेवासुविधा दिन नसकिने अवस्था रहेको निजी विद्यालय संचालकहरुको भनाई छ।

शुक्रबार निजी विद्यालय संचालकहरुले मेयर बालेनको निर्देशन विषयमा छलफल गरेका छन्। आइतबार निजी तथा अवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन )को कार्यसम्पादन सचिवालयको बैठक बस्ने शुक्रबारको छलफलले तय गरेको छ। आइतबारको सचिवालय बैठकपछि यसको पराकम्पन्न देखिने छ।

नयाँ बानेश्वरमा रहेको कोलम्बस स्कुलका ३० शिक्षकले आफुहरुले विगत ६ महिनादेखि तलब नपाएको र कतिपयले नियुक्तिपत्र समेत नपाएको लिखित उजुरी काठमाडौं महानगर शिक्षा विभागमा बुधबार दिएपछि मेयर साहले विहिबारै आफनो फेसबुक स्टाट्स मार्फत काठमाडौंका संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षकहरुको तलब सामुदायिक विद्यालयभन्दा न्यून रहेको गुनासो आउने गरेको भन्दै शिक्षा ऐन अनुसार सरकारी सरह तलब सेवा सुविधा उपलब्ध गराउनु पर्ने निजी विद्यालयलाई निर्देशन दिएका छन्।

महानगरका निजि विद्यालयहरुले शिक्षकलाई न्यून तलबमा काम लगाएका छन्। तर शिक्षा ऐन२०२८को दफा १२(७)को (छ)मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनु पर्ने उल्लेख छ ,’ मेयर साहले थप उल्लेख गरेका छन्‘महानगरपालिका विद्यालय शिक्षा ब्यवस्थापन नियमावली २०७४को नियम ६८मा शिक्षक तथा कर्मचारकिो तलब भत्ता, निवृत्तिभरण, उपदान लगाएतका अन्य सुविधा खाइपाई आएकोमा नघट्ने गरी संघीय शिक्षा काूननमा तोकिए अनुसारै उल्लेख छ।’ उनले थप निर्देशन दिएका छन्‘सोहि अनुसार निजी विद्यालयले पनि सरकारी विद्यालय सरह सेवासुविधा उपलब्ध गराउन सूचित गरिन्छ। निम्न अनुसारको तलब सेवासुविधा नदिनेलाई कानून अनुसार कारवाही गरिने छ।’

महानगर शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरले शिक्षा ऐन काूननमै भएको ब्यवस्था पालना गराउन खोजेको मात्र हो। उनले हाल निजी विद्यालयहरुले शिक्षक कर्मचारीलाई न्यूतक तलब सेवा सुविधा पनि नदिएका लिखित मौखिक थुप्रै गुनासा महानगरमा आइरहेको समेत स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x