नुवाकोटको तादीलाई पराजित गर्दै म्यागङ अध्यक्ष कप पुरुष भलिबलमा धादिङको सिद्वलेक विजयी

खेलकुद समाचार

नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकाद्वारा आयोजित ‘अध्यक्ष कप पुरुष भलिबलको उपाधी धादिङको सिद्वलेक गाउँपालिकाले जितेको छ। आज मंगलबार भुकम्प स्मृति दिवसको अवसरमा भएको फाइनल खेलमा नुवाकोटको तादी गाउँपालिकालाई पराजित गर्दै सिद्वलेक गाउँपालिका विजयी भएको हो।

सोझो सेटमा प्रथम हुँदै विजयी बनेको सिद्वलेक गाउँपालिकाको टिमले रु २ लाख पुरस्कार प्राप्त गरेका छन भने उत्कृष्ट स्ट्राइकर सिद्वलेक गाउँपालिकाको रेसम छन्त्याल बनेका छन।

यस्तैगरी उक्त प्रतियोगितामा दोस्रो बन्न सफल नुवाकोटको तादी गाउँपालिकाले १ लाख पुरस्कार जितेका छन भने नुवाकोट कै पञ्चकन्या गाउँपालिकालाई पराजित गर्दै तृतीय स्थान हासिल गर्न सफल धादिङको खनियाबास गाउँपालिकाले ५० हजार पुरस्कार प्राप्त गरेका छन्।

म्यागङ गाउँपालिकाका शिक्षा अधिकृत शेरसिंह राउतले संचालन गरेको कार्यक्रमको समापन समारोहमा नेपाली कांग्रेस नुवाकोटका निवर्तमान सभापति जगदिशनर्सिह केसि रहेका थिए भने कार्यक्रमको अध्यक्षमा म्यागङ गाउँपालिका प्रमुख आशा तामाङको रहेको थियो।

आज समापन गरिएको ‘गाउँपालिका अध्यक्ष कप अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको प्रथम संस्करण गत बैशाख ८ गतेदेखि शुरु गरिएको थियो भने धादिङ रसुवा र नुवाकोटका गरि १० टिमको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *