म्हेन्दोमाया कलाकार संघ नुवाकोटको आयोजनामा भोलिदेखी फुटसल टुर्नामेन्ट हुने

खेलकुद समाचार

नुवाकोट /
भोलि चैत्र ११ गते शनिबारदेखि काठमाडौको रानिबन स्थित नागार्जुनमा फुटसल टुर्नामेन्ट हुने भएको छ। विभिन्न संघ, सस्था अनि समाज र समुहहरुलाई समेट्ने गरि फुटसल गेम टुर्नामेन्ट आयोजना गर्ने भयेको हो।

चर्चित म्हेन्दोमाया गायक किर्ती तामाङको अध्यक्षतमा गठन भएको म्हेन्दोमाया कलाकार संघ नुवाकोटले उक्त कार्यक्रम गर्न लागेको हो।

म्हेन्दोमाया कलाकार संघ भन्ने बित्तिकै नाचने र गाउने मात्रा नभई समाजसंग जोडिएर आउने संस्कृती, परम्परा, स्वास्थ, शिक्षा, खेलकुद, बिकृती,र बिसंगती सबैलाई परिवर्तन गर्न सक्ने एउटा नमुना सामाजिक सस्था पनि हो।

‘खेल स्वास्थको लागि र खेलाडी रास्ट्रको लागि’ भन्ने मुल नाराका साथ बिभाजन ब्यवस्थापन साथ प्रथम हुने समुहलाई दस हजार नगत र ट्र्फि र प्रमाणपत्रले सम्मान गरिने र दोश्रो हुनेलाई सातहजार नगत र ट्रफि र प्रमाणपत्रले सम्मान गरिने र तेस्रो हुनेलाई पच्चीस सय नगत र ट्रफी अनि प्रमाणपत्रले सम्मान गार्ने र फुटबल खेलमा हुने विभिन्न नियमहरुलाई पालनगरिने गरि मनोरञ्जन र खेलकुद कार्यक्रम आयोजना गर्दै छौ र कार्यक्रम एकदमै रमाइलो र सन्सनिपुर्न हुने अनुमान गरेको उपाध्यक्ष चिजा लेकालीले नुवाकोट जागरणलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *