कीर्तिपुर मैदानमा तत्काल फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन

खेलकुद ताजा समाचार राष्ट्रिय खबर लोकप्रिय समाचार

काठमाडौ /
प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन्।

शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरुलाई बधाई दिने क्रममा उनले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताए।

सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

उनले भने, ‘तपाईहरुले खेल्नुभएको यो खेलमा तपाईहरु सबै धन्यवादको पात्र बनेका छन्। सम्पूर्ण विजेता खेलाडीहरुलाई सरकारको तर्फबट तीन तीन लाख दिने घोषणा गर्दछु। कीर्तिपुरमा जाँदा मैले हिजो फल्ट लाइट र स्कोर बोर्ड फेर्न तत्काल अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु। त्यसका लागि आवश्यक साधन श्रोतको व्यवस्था सरकारकाले गर्नेछ।

सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको छ। देशका विभिन्न ठाउँमा, अझ चितवनमा। त्यहाँ देखिएका समस्याहरुलाई हेरेर हामी अघि बढीरहेका छौँ।’

प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तिब्र गतिमा काम अघि बढाइरहेको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *