• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    समयमा मल किन्न नपाएका किसानलाई मुल्यवृद्वी उपहार: अनुदानमा समेत कटौती


    २०७९ फागुण ३०, मंगलबार

    २०७९ फागुण ३०, मंगलबार

    नुवाकोट /
    सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान कटौती गरेको छ। यससँगै समयमा मल पाउन नसकेका किसानले अब मूल्य पनि बढी तिर्नुपर्ने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले सम्हालेको कृषि तथा पशुपन्छी मन्त्रालयले २७ फागुनमा मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको हो।

    यसअनुसार सोमबार (२९ फागुन) मध्यान्ह १२ बजेपछि आयात भएको मल किसानले किलोमै ११ रुपैयाँसम्म महंगो तिर्नुपर्नेछ। मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डिएपी ७ र पोटास ९ रुपैयाँले महँगो पर्नेछ।

    बढेको मूल्यअनुसार किसानले यूरिया मलको प्रतिकिलो मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ तिर्नुपर्ने छ । यसअघि १४ रुपैयाँमा यूरिया, ४३ रुपैयाँ किलोमामा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास मल किन्न पाइन्थ्यो ।

     

    सम्बन्धित