नुवाकोट /
जिल्लाको विदुर नगरपालिका -१३ तल्लो डेउडीमा सोनाम ल्होछार तथा वृहत् सांस्कृतिक कार्यक्रम गरिने भएको छ। उक्त कार्यक्रम बागेश्वरी प्रगतिशील युवा क्लबले आयोजना गरेको हो।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा सदस्य तथा प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा हुन लागेको हो।
मन्जुश्री संवत् २८५९औं सोनाम ल्होछार (ह्योयी ल्हो, तावर अर्थात बिरालो) वर्गको अवसरमा शुभकामना आदानप्रदान तथा चर्चित अतिथि कलाकारहरुको साथमा प्रथम बृहत् सांस्कृतिक कार्यक्रम-२०७९ आयोजना गर्न लागेको कार्यक्रम संयोजक डिबि तामाङले नुवाकोट जागरणलाई बताए।
कार्यक्रम को मुख्य उदेश्य ?
“आफ्नो ठाउँ, आफै बनाऔं” भन्ने मूल मन्त्र बोकेर प्रवास बाट गाउँ फर्केका तथा गाउँका केहि सक्रियता युवाहरुको पहलमा यहि २०७९ बैशाख १४ मा आधिकारिक रुपमा दर्ता भएको क्लबले तामाङ समुदाय लगायत अन्य समुदाय प्रति धार्मिक सहिष्णुता कायम राख्न सबैको भाषा, धर्म, भेषभूषा,कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने, साथै कार्यक्रम पश्चात् मुनाफा रकमले क्लबको संचयकोष खडा गरी क्लबको स्तरोन्नतिमा प्रयोग गरिने, सामाजिक कार्यमा खर्चिने क्लबको हालसम्म कुनै भवन तथा खेलकुद मैदानको लागि आवश्यक उपयुक्त सरकारी जग्गा नभएकोले निजि जग्गाको अनुदान दाता समेत नपाएकोले आवश्यक जग्गा खरिद गर्न साथै बिभिन्न सामाजिक कार्य गर्ने उद्देश्यका साथ कार्यक्रमको तीव्र तयारीमा जुटेका छन।
कार्यक्रमका मुख्य आकर्षकहरु के के छन् ?
१) लामा गुरुहरुद्वारा विधिवत विशेष पुजापाठ गरिने।
२) तामाङ मौलिक संस्कार/संस्कृति झल्काउने गायन/नृत्य लगायत अन्य प्रस्तुति प्रदर्शनी गरिने।
अतिथि कलाकारहरु क्रमशः
३. म्हेन्दोमाया गायककार, संगीतकार, रचनाकार: शैलाप वाईबा
४. गायिका, नायिका तथा मोडल: रुपा एस घले
५. आधुनिक गायक: शैलेस शाहि
६. गायक आर बि. लामा
७. गायिका सोवी लामा,
८. गायक : विश्व पासा तामाङ
९. हाँस्य कलाकार (बिर्खु) करण तामाङ
१०. गायिका/खेलाडी: एलिना तामाङ
११. गायक: विन्दास वाइबा
१२. गायिका सुनिता तामाङ
१३. गायक राज डिम्डुङ तामाङ लगायतका अन्य स्थानीय कलाकारहरु, विधार्थी भाईबहिनीहरुको समेत प्रस्तुति रहनेछ।
कार्यक्रमलाई थप रोचकमय बनाउन साथै विभिन्न खेलहरुको प्रतिनिधित्व हुने गरी म्यागङ- ५,सामरी कल्लाबारी डोजो को प्रशिक्षक गणेश तामाङको प्रतिनिधित्वमा ७ जना खेलाडी भाई बहिनीहरुले बिभिन्न रोचक (ड्रेमोन्ट्रेसन) प्रदर्शन गर्ने भएका छन्।
नुवाकोट जिल्ला विदुर नगरपालिका वडा १३ को कार्यालय भवनको प्राङ्गणमा हुन गैरहेको कार्यक्रम कुशल संचारकर्मी एवं प्रस्तोता शक्ति माया तामाङ साथै युवा नेता तथा समाजसेवी रामेश्वर तामाङ द्वयले संचालन गर्ने भएका छन्।
कार्यक्रम हुने मिति: २०७९ माघ २१ गते शनिबार
समय:-
बिहानको ११ बजे देखि औपचारिक कार्यक्रम सुरु हुनेछ
स्थान :-
विदुर न.पा. १३ को वडा कार्यालय भवन, तल्लो डेउडि
अध्यक्ष तथा कार्यक्रम व्यवस्थापक प्रेम कुमार तामाङ: 986-2445516
सचीव तथा कार्यक्रम संयोजक:-
डिबि तामाङ:- 9745345465
आयोजक
बागेश्वरी प्रगतिशील युवा क्लब
ल्होछार मुल समारोह समिती परिवार