• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    तारुकामा यसवर्ष २८ हल गोरु जुधाइने: कहिलेबाट सुरु भयो यस्तो परम्परा ?


    २०७९ पुष २४, आइतबार

    २०७९ पुष २४, आइतबार

    नुवाकोट /
    जिल्लाको तारकेश्वर गाउँपालिका-३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको छ।

    यसवर्ष पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचना अनुसार २८ हल गोरु जुधाउन दर्ता भएका छन्। अघिल्ला वर्षजस्तै यस वर्षपनि आगामी माघ १ गतेसहित माघ २ गतेसमेत गोरु जुधाउन लागिएको हो।

    कहिलेदेखि शुरु भयो यस्तो परम्परा ?

    तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाका बताउँछन् ।त्यसलाई हरेक वर्ष माघेसङ्क्रान्तिको दिन निरन्तरता दिँदै आएकाले तारुकाको गोरु जुधाइको इतिहास झण्डै दुई सय वर्ष अगाडिदेखिलाई संरक्षण गरिएको हो।

    किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समितिमार्फत नेतृत्व लिइएको हो।

    सम्बन्धित