नुवाकोट /
जिल्लामा ‘त्रिशुली समाज युएई’द्वारा सामाजिक अभियान अन्तरगतको दोश्रो चरणमा किस्पाङ गाउँपालिकाका विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेको छ।

किस्पाङ गाँउपालीकाका ६ ओटा विद्यालयमा गरी करिब १४१ भन्दा बढी विद्यार्थिलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

समाजले सामाजिक अभियान अन्तर्गत सम्पूर्ण सामग्री विद्यालयको प्रधानाध्यापक तथा अन्य शिक्षक कर्मचारी व्यपस्थक समिति सदस्यहरु स्थानीय जनप्रतिनिधिहरुको रोहबारमा विपन्न निम्न बर्गीय १४१ जना विद्यार्थीहरुलाई करिब एक बर्ष सम्मालाई पुग्ने कापी,कलम तथा जाडोको समायका लागि न्यानो कपडा स्विटर युनेफम हस्तान्तरण गरेको थियो ।

समाजले सामाजिक अभियानमा आर्थिक स्थिति कम्जोर गरिब दिन दुःखी तथा टुहरा अभिवक गुमाएका बाल बालिकाहरु लाई शिक्षा क्षेत्रमा थप हौसला स्वरूप होस् भन्ने हेतुले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै रहेक वर्ष सामाजिक अभियान सञ्चालन गर्दै आएको संस्थाका मह सचिव सुरज तामाङले बताए।

उनका अनुसार त्रिशुली समाज युएई स्थापना काल देखि नै समाजिक कार्यमा सक्रिय रहेको बन्दै युएईमा सक्रिय क्रियाशील संस्था समेत रहेको उनले दाबी गरे ।समाजले विभिन्न चरणमा प्राणघातक रोग ग्रस्त पिडितहरुलाई समेत अर्थिक सहयोग गर्दै आएको बताए ।

यस अभियान अन्तर्गतका कार्यक्रम कारिव १ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरी कार्यक्रम सम्पन्न गरेको पनि बताए।

उक्त कार्यक्रमलाई सफल गराउन अहोरात्र खट्नु हुने सबिता तामाङ कर्म छिरिङ तामाङ लगायत बिरबल तामाङ गाउँपालिका प्रमुख ज्यू लगायत सम्पूर्णमा विशेष धन्यवाद समेत दिएका छन्।

शैक्षिक सामग्री सहयोग गरिएको विद्यालय नाम
१ ) श्री पञ्चलीङ्गे माध्यमिक विद्यालय – किस्पाङ ३ काहुले
२) श्री ज्योति आधारभूत विद्यालय – किस्पाङ ३ काहुले
३) श्री ऐसेलु भुमे माध्यमिक विद्यालय – किस्पाङ ३
४) श्री जल्जुखोला माध्यमिक विद्यालय – भाल्चे
५ ) श्री महादेव प्राथमिक विद्यालय – फिकुरी कोल्चेत
६) श्री सिम्राङ चौर आधारभूत विद्यालय – किस्पाङ २ ताजी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय