नुवाकोटमा प्रदेशसभातर्फ १९ राजनीतिक दलबाट ३९ जना समानुपातिक उम्मेदवार(सुची सहित)

ताजा समाचार राजनीति वागमती समाचार

नुवाकोट/
जिल्लामा प्रतिनिधि सभातर्फ १६ राजनीतिक दलबाट २५ जना समानुपातिक उम्मेदवार रहेका छन।उम्मेदवार हुनेहरुमा नेपाली कांग्रेसबाट डा प्रकाशशरण महत, जगतबहादुर तामाङ र सीता मिजार, नेकपा (एमाले) बाट रामशरण प्याकुरेल, नेकपा (माओवादी केन्द्र) बाट विमला सुवेदी र श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) बाट गोविन्द नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा.प्रकाशचन्द्र लोहनी र नानीमैया आचार्य समावेश भएका छन् ।

यस्तै नेशनल मङ्गोल अर्गनाइजेशनबाट विष्णु तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट रामबहादुर लामा र गोमा दुलाल, एकीकृत शक्ति नेपालबाट अर्जुन उप्रेती, नेपाल मजदुर किसान पार्टीबाट पार्वती भट्टराई, नेकपा (माले) बाट भीष्म पौडेल र नेपाल सुशासन पार्टीबाट शङ्करलाल श्रेष्ठको आगामी आमनिर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको सूचीमा समावेश भएका छन् ।

यस्तै सचेत नेपाली पार्टीबाट रामकृष्ण नेपाल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुजन अधिकारी, नेपाली जनता दलबाट विजय लामा र सुशीला राई, जनसमाजवादी पार्टी सिर्जना नेपाल, मेमबहादुर तामाङ, वसन्ती चित्रकार र विमला सुनारको नामा समानुपातिक सूचीमा समावेश भएको आयोगले सार्वजनिक गरेको बन्दसूचीमा उल्लेख छ।

प्रदेससभातर्फ १९ राजनीतिक दलबाट ३९ जना

आगामी आमनिर्वाचनका लागि बागमती प्रदेशसभा सदस्यको समानुपातिकतर्फ नुवाकोटबाट ३९ जनाको उम्मेदवारी दर्ता भएको छ ।आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा विभिन्न १९ वटा राजनीतिक दलको सिफारिसमा नुवाकोटका ३९ उम्मेदवार समावेश भएका छन् ।

आयोगले सार्वजनिक गरेको प्रदेससभातर्फको समानुपातिक सूचीमा नेपाली कांग्रेसबाट प्रतापसिंह लामा, नेकपा (माओवादी केन्द्र) बाट मीना पाख्रिन, बलराम फुयाँल, देविका मिजार र नेकपा (एमाले) बाट बिन्दा नेपाल, श्रीमाया लामा, सुरज शेर्पा, बद्री मिजारको नाम समावेश गरिएको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी) बाट उपेन्द्रराज खनाल, जनता समाजवादी पार्टीबाट ईश्वरकुमार राउत, राज न्यौपाने, सञ्जु राई, नेपाल मजदुर किसान पार्टीबाट हरिकुमार श्रेष्ठ, साझा पार्टी नेपालबाट विमल तामाङ, उषा परियार, कमान तामाङ, बद्री सिलवाल, चन्द्रकुमार तामाङ, नेपालका लागि नेपाली पार्टीबाट सावित्री न्यौपाने, भूमिका बम्जनको नाम समानुपातिकतर्फको उम्मेदवारमा समावेश गरिएको हो ।

यस्तै नेकपा (माले) बाट सम्झना अधिकारी, माया राई, सङ्गीता कुमाल, नेश्नलिष्ट पिपल्स पार्टीबाट सिर्जना नेपाल, नेपाली जनता दलबाट बुद्धिमान तामाङ, अनिश राई, कैलाश राई, नेपाली कांग्रेस बिपीबाट शम्भु गुरुङ, राप्रपा नेपालबाट कृष्ण घले, आमूल परिवर्तन मसिहा पार्टीबाट प्रेम गुरुङ, कल्पना तामाङ र नेपाली जनता पार्टीबाट शर्मिला माझीको नाम समावेश गरिएको छ ।यस्तै जनसमाजवादी पार्टीबाट पुण्यवती जोशी, लालसिंह तामाङ, श्रीकृष्ण थापा, तेजप्रसाद नेपाल, राष्ट्रिय नागरिक पार्टीबाट सानुमाया तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट डालमाया घले र नेपाल मजदुर किसान पार्टीबाट हरिकुमार श्रेष्ठको नाम समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *