• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    अझै तिनदिन पानी पर्ने


    २०७९ असोज २१, शुक्रबार

    २०७९ असोज २१, शुक्रबार

    नुवाकोट /
    शुक्रबार पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना छ।

    सुदूरपश्चि र लुम्बिनी प्रदेशमा रातिसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

    मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल मधेशबाहेकका सबै प्रदेशमा आंशिकदेखि सामान्य बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आगामी तीन दिनसम्मै देशका धेरै स्थानमा ठूलो पानी पर्ने देखिएको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    अक्टोबर २ मा बाहिरिसक्नु पर्ने भए पनि मनसुनी गतिविधि थप सक्रिय बनेका कारण वर्षा भएको हो। मौसमविद् प्रधानाङ्गले केही दिनमै मनसुन बाहिरिने सम्भावना नरहेको बताए।

     

    सम्बन्धित