नुवाकोट /
तामाङ राष्ट्रिय मुक्ति मोर्चाको नुवाकोट अध्यक्षमा सोमबहादुर तामाङ चयन भएको छ ।शनिवार विदुरमा सम्पन्न मोर्चाको जिल्ला भेलाले तामाङलाई अध्यक्षमा चयन गरेको हो।
उक्त भेलाले ५५ सदस्य जिल्ला कमिटी समेत गठन गरेको छ ।समितिको उपाध्यक्षत्रयमा ज्ञानबहादुर तामाङ, बच्चुराम तामाङ, र सानुमाया तामाङ रहेका छन् ।
त्यस्तै सचिवमा सुरज तामाङ, सहसचिवत्रयमा कमल तामाङ, भिम तामाङ र हिरा तामाङ रहेका छन भने कोषाध्यक्षमा लालबहादुर तामाङ, सहकोषध्यक्षद्वयमा दावाछिरिङ तामाङ र उर्ची तामाङ रहेको छ ।
उक्त जिल्ला भेलाको प्रमुख अतिथिमा संघीय सांसद हितबहादुर तामाङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज विमला सुवेदी, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, मोर्चाका वाग्मती अध्यक्ष सोमबले तामाङलगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
