• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    विद्यार्थीले श्रमदान गर्नैपर्ने नियम ल्याउँदै मेयर हर्क साम्पाङ


    २०७९ भाद्र ९, बिहिबार

    २०७९ भाद्र ९, बिहिबार

    नुवाकोट /
    धरानका मेयर हर्क साम्पाङले श्रमदान नगर्ने विद्यार्थीहरु परीक्षामा उत्तीर्ण नहुने नियम लागू गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन्।

    उनले लेखेका छन्, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागू गरिने छ।’ उनले श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न नखोजेको बताउँदै लेखेका छन्, ‘श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागिता।’

    विद्यार्थीको सहभागीता प्रतिकात्मक हुने उनको भनाइ छ। उनको स्टाटसमा धेरैले आलोचना गरेपछि साम्पाङले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘धरान नगरको बिकासको लागि ९,१०,११ र १२ कक्षामा पढ्ने प्रत्येक विद्यार्थीले कम्तीमा बर्षमा ७ दिन सकेको श्रम गर्नु पर्छ १ त्यो श्रम सरसफाइ, वृक्षरोपन लगायत जे पनि हुन सक्छ।’

    यद्यपी उनको यो स्टाटस गैरजिम्मेवार र गैरकानूनी भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।। नेपालको कानूनले बाल श्रमलाई निषेध गरेको छ। यो समाचार नागरिक न्युजमा छ।

    सम्बन्धित