भोलि शनिबारको दिन म्यागङ, किस्पाङ, विदुर लगयतका स्थानमा बिजुली नआउने

समाचार

नुवाकोट /
जिल्लाको विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द गरिने भएको छ। त्रिशुली पावरहाउस भित्र रहेको ब्रेकर को C.T. परिवर्तन गर्न विद्युत आपूर्ति बन्द गरिन लागेको हो।

किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिका सम्पूर्ण, विदुर नगरपालिकाको वडा नं ३ बाहेकको सम्पूर्ण वडा, लिखु गाउँपालिकाको १ र २ सुर्यगढीको वडा नं २;३;४ र ५ फेदिबेशी, नर्जा, नयाँपुल लगायतको स्थान, तादी गाउँपालिकाको वडा नं ६, रसुवाको कालीका गाउँ पालीका ,उत्तर गया गाउ पालीका र नाै कुण्डमा बिजुली आपूर्ति बन्द हुनेभएको छ।
कार्य: त्रिशुली पावरहाउस भित्र रहेको ब्रेकर को C.T. परिवर्तन गर्ने कार्य ।

मिति: २०७९।0४/२१ शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बिजुली बन्द हुने र कार्य सम्पन्न भए पछि जुनसुकै समयमा लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *