नुवाकोट /
हिजो राती परेको अविरल वर्षासंगै आएको पहिरोले जिल्लाको कागुने-सामरी-भर्र्याङ् भुरुङ खण्डको सडक अवरुद्ध भएको छ।

थोपल पुल नजिकै राती ३ बजे खसेको पहिरोले बाटो अवरुद्ध बनेको छ भने संगैको घरमा सुतेका मान्छेहरु बालबाल बचेका छन् ।

यता काप्रेबास पारिपटिको भिरमा पनि बाटो अवरुद्ध बनेको छ भने सानाठुला थुप्रै पहिरो झरेको सामरी प्रहरी चौकीका इञ्चार्जले बताएका छन।

उता जोरचौतारा नजिकै खसेको ठूलो पहिरो भने नेत्रावतीबाट आउने जेसिबीले सफा गरेर छिटै खुल्ने सामरी प्रहरीले जनाएको छ।

सामरी नजिकै सडकको जाली भत्किदा बस्ती समेत जोखिममा परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय