• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    पातन्जल योग समिती नुवाकोटको अध्यक्षमा: तुलसी दवाडी चयन


    २०७९ असार २७, सोमबार

    २०७९ असार २७, सोमबार

    नुवाकोट /
    जिल्लाको पातन्जल योग समिती अध्यक्षमा तुलसी दवाडी चयन भएका छन।शनिवार काठमाडौमा आयोजित एक कार्यक्रममा पातन्जल योग समिती नुवाकोटको अध्यक्षमा दवाडीलाई चयन गरिएको हो ।

    कार्यक्रममा पातन्जल योग समिती नेपालका केन्द्रिय अध्यक्ष बालमुकुन्द सुवाल, वाग्मती प्रदेश अध्यक्ष स्नेहा गिरि, योग आयुर्बेद विद्या डा. चन्द्रमणी खनला ,सिटिइ भिटिइका सदस्य सचिब जीव नायरायण काफ्ले लगायत उपस्थिति रहेको थियो ।

    यसैबिच नुवाकोटको विदुर ४ बट्टार हावाघरमा रहेको योगसाधना केन्द्रका साधक साधिकहरुले पातन्जल योग समिती नुवाकोटको अध्यक्षमा चयन भएका दवाडीलाई सम्मान समेत गरेका छन् ।

    आज एक कार्यक्रमको आयोजना गरि साधकसाधिकाहरुले पातन्जल योग समिती नुवाकोटको अध्यक्षमा निर्वाचित भएको भन्दै दवाडीलाई सम्मान गरेका हुन्।

    सम्मान कार्यक्रममा बोलदै दवाडिले सम्मानले आफुमा अझै बढी जिम्मेवारी थपियको भन्दै नियमित योग कर्ममा लाग्न उत्साहित बनाएको बताए ।

    उनले मानव जीवनको लागी योग अत्यावश्यक रहेको भन्दै नियमित योग कार्यमा लाग्न सबैमा आह्वान समेत गरेका छन् ।

     

    सम्बन्धित