मनसुन पुर्ण रूपमा सक्रिय: आज बागमती प्रदेशको नुवाकोट लगायत देशैभर वर्षा

ताजा समाचार समाचार

नुवाकोट /
बागमती प्रदेश र प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति प्रदेश १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।

मनसुन हिजोदेखि देशैभर सकृय भइरहेको र भोलिदेखि धेरै ठाउँमा भारी वर्षाको संभावना रहेको मौसमविद् हिरा भट्राईले जानकारी दिए। पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन भट्टराईले अनुरोध गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *