• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    नुवाकोटको विदुर नगरपालिकामा टाउको नभएको: अज्ञात किशोरको शव भेटियो


    २०७९ असार १२, आइतबार

    २०७९ असार १२, आइतबार

    नुवाकोट/
    जिल्लाको शेराफाँटमा अज्ञात बालकको शव भेटिएको छ। विदुर नगरपालिका वडा नम्बर २ शेराफाँटमा अज्ञात बालकको लास भेटिएको हो ।

    अन्दाजी १५ वर्षका बालकको शव भेटेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका इन्सपेक्टर दिलिपकुमार हुँमागाईले जानकारी दिए ।बालकको लास सडेको अवस्थामा भेटिएको उनले बताए। शवमा टाउँको नहुँदा पहिचान गर्न समस्या भएको इन्सपेक्टर हुँमागाईले जानकारी दिए ।

    शवको अवस्था हेर्दा झन्डै एक साताअघि बाललको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।वालुवा झिक्ने क्रममा स्थानिय महिलाहरुले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    सम्बन्धित