नुवाकोट/
जिल्लाको म्यागङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल ३९ करोड ९१ लाख ७९ हजार बजेट ल्याएको छ।आज शुक्रबार गाउँपालिकाका अध्यक्ष आशा तामाङको अध्यक्षता भएको गाउँपालिको गाउँसभा तथा अधिवेशनले चालुतर्फ बाहेकको बजेटलाई पारित गरेको हो ।

सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोही अनुसार कार्यान्वयन गर्ने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष सीता तामाङले बताईन् ।

गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहन गर्न २० बर्ष पुरा गरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान सहित १० हजार उपलब्ध गराउने भएको छ ।

कक्षा ४-५ र कक्षा६-८ को स्थानीय आधारित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिने छ ।विद्यालयको हाताभित्र हरियाली वातावरण कायम राख्न एक विद्यालय एक बगैँचा एक विद्यार्थी एक विरुवाको नीति अघि सारिएको छ ।

नुवाकोट जिल्लाभित्र प्रकाशन तथा प्रसारण हुने सञ्चार माध्यामलाई लोक कल्याणकारी विज्ञापनको रुपमा आवश्यक सहयोग उपलब्ध गराईने नीति लिईएको छ ।गाउँपालिकाको विकास सम्बन्धी सकारात्मक समाचार सम्प्रेषण गर्न पत्रकार छनौट गरी विकास पत्रकारिता पुरस्कार प्रदान गरिने छ भने रमणीय टुंडीपार्कमा पानी, बिजुली, इन्टरनेट सेवासहितको आधारभूत सम्पन्न बासघर निर्माण गरिने भएको छ ।

पुर्ण विवरण:

https://drive.google.com/file/d/1PqjwPbibgDeelMUZUbXxLaBcjnlWf5se/view

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय