म्यागङ -६ फलाटेमा झुम्का रुमाल बुन्दै जिन्दगी घिसार्दै: ६० वर्षिय तिग्री तामाङ

समाचार

नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका वडा नं -६ फलाटेमा लोप हुँदै गरेको झुम्का बुन्ने तानमा जिन्दगी घिसारी रहेका आमा भेटिन्छन। उनी हुन ६० वर्षिय तिग्री तामाङ ।

नुवाकोट जागरणसंगको जम्काभेटमा एउटा तान सकाउन झण्डै महिना दिन लाग्ने उनी बताउँछिन। श्रम अनुसारको मुल्य पाईदैन तर पुर्खौली पेशा चटक्कै छोड्न पनि सक्दिन उनी गुनासो पोख्छिन।

आधाआधी तान बुन्दै उनी भन्छिन, बजारमा यस्को माग धेरै भएको तर मूल्य र श्रममा ज्यालाको तालमेल मिल्दैन। बजारमा आएको मेसिनको सस्तो कपडासंग प्रतिस्पर्धा गर्न पनि सकिएन। सुस्केरा हाल्दै उनी भन्छिन, जसोतसो पुरानो पेशा धानेकी छु अबका नानिहरुले त गर्दैनन होला ।

स्थानीय सरकारले के गर्दे हुन्थ्यो जस्तो लाग्छ आमा ? जागरण संवाददाताको प्रश्नमा उनी आफ्नै भाषामा थप्छिन ; म केहि जान्दिन मेरो कुरो सुन्ने को छ र ……

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *