• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    जसपाबाट म्यागङ -३ को वडा अध्यक्षमा: आईसिङ तामाङको उम्मेदवारी


    २०७९ वैशाख १६, शुक्रबार

    २०७९ वैशाख १६, शुक्रबार

    म्यागङ /
    स्थानीय तह निर्वाचन २०७९ को प्रचारप्रसार नुवाकोटमा तिब्र बन्दै गएको छ। यसैक्रममा जसपाका युवा नेता तथा म्यागङ -३ वडा अध्यक्षका उम्मेदवार आईसिङ तामाङले पनि आफ्नो योजना र प्रतिबद्धताको घोषणापत्र संगै भोट माग्न शुरु गरेका छन ।

    जसपाका युवा नेता आईसिङ तामाङद्वारा जारी प्रतिबद्धता तथा घोषणापत्र जस्ताको त्यस्तै:

    १)म्यागङ गा पा म्यागङ डाडा हुदै ठुलो गाउँ फासाङ देउराली गोगाने हुँदै नगारपालिका जोडने मोटर बाटो को सबै ठाउम नाली र हिलो पानी जाम्ने स्थान म ग्राबेल बाटो बनाउने ताकी बर्खा म यात्रु ले दुख नपाहोस।र म्यागङ को किसान हरुलाई तरकारी र अन्य समान धुवानी गर्न लाई सहाज होस र बिरामी को लागि एम्बुलेन्स अवात जवात्को लागि पनि सहाज होस ।यो काम आषाढ सावन म नभई जेठ माहिना भित्र समापन गर्ने छु।

    २) राजनीतिम त्यति धेरै ज्ञान् नभए पनि भ्रष्टाचार ,नातावाद र कृपाबाद बिल्कुल हुनेछैन र हुनदिने छैन।अहिलेको राजनीतिक परिवेशलाई हेर्दा पूरा नेपालभरी यहि चलिरहेकि अवस्था छ यो बिना राजनितिक सम्भाव छैन र?

    ३)सबै युबाहरु बिदेश पलायन भैरहेको छ तर आफ्नै ठाउमा काम गरि आफ्नो परिवर लाई बालबच्चा लाइ शिक्षा दिना लाई गाउँ मै तरकारि खेती र गाई पालान भैंसी पलान गरि तरकारि र दूध लाई बजार ब्यबस्थापन आफै गर्ने र आफू पनि यो पेशाम लाग्ने छु र लागेको छु ।

    ४) भ्रष्टाचारको जरैदेखि निर्मूल पार्ने नसके नियन्त्रण गर्ने आफु नगर्ने।

    ५)गाँउ बिकास र समाज परिवर्तन को लागि भने सम्पुर्ण गाउँ बाँसिको सरसल्लाह र सुझाव को साथ लिएरै आगाडी बढने छु।

    ६)शिक्षामा गुणस्तर ल्याउने काम गर्ने छु र सबै गाउले संग बसेर छलफल गर्ने छु तकि के गर्द कसो गर्दा शिक्षा मा गुणस्तर ल्याउन सकिन्छ भनेर ।

    ७) स्वस्थ को लागि प्रतेक टोल टोलमा बिरामी थाला परेका बिरामी लाई घर घरमै गएर डाक्टर सहित आफू पनि साथमा रहि उपचार गरौने छु ।

    ८)किसान हरुलाई न्यूनआर्थिक भएको लाई फ्री म तरकारी खेती को लागि प्लाष्टिक टनेल हरु बितरन गर्न लाई पालिकामा पहाल गर्ने छु र गाई बाख्रा भैंसी कुखुरा पलान गर्ने हरु लाई आनुदन हो लागि सक्दो पहाल गर्ने छु।

    ९)अहिले हाम्रो wada मा जुन सुकै सिफारिस गर्दा २०० रुपैया सेवा शुल्क लिइन्छ मैले wada जितेउ भने त्यो शुल्क उठाउने छैन।त्यो पैसा बरु wada सम्म आउँदा बाटो खर्चा अथवा घर खर्चा म काम लागोस ।

    १०)धर्म को बिरोध आफू पनि नगर्ने र अरुलाई पनि गर्न दिने छैन।

    ११) बृद्ध भत्ता प्रतेक टोल टोलमा गाई बितरण गरिने साथै ७० नघेको जेष्ठ नागरिकको स्वास्थ्य चेकजाज निशुल्का गराइने ।

    १२)सबै ठाउँको गोरेटो बाटो नमूना ढंगले निर्माण गराइने।

    १३)धेरै बल बच्चाहरु फुर्सद भएर उनिहरु बिग्रेको अवस्थ हो यसलाइ सुधर्नाको लागि dancing class , फूटबल class भलिबल class , singing class तेक्वान्दो कराते जस्ता खेलहरु प्रशिक्षण गराइ उनिहरुको क्षमताको बिकास गर्नामा जोड ।

     

    सम्बन्धित