नुवाकोट /
गलत विवरण लेखाएर नुवाकोटमा उम्मेदवारी दर्ता गरेका व्यक्तिको उम्मेदवारी रद्द भएको छ। यही बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध परेका उजुरीउपर छानविन गर्ने क्रममा नुवाकोटको विदुर नगरपालिकाका एक जनाको उम्मेदवारी खारेज भएको हो।

विदुर नपा-९ को खुल्ला वडा सदस्यमा जन समाजवादी पार्टीवाट उम्मेदवारी दिएका विनोद थापाको नाममा परेको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ। थापाको उम्मेदवारी उपर उजुरी परेको र उनको उम्मेदवारीमा समर्थकको हस्ताक्षर झुट्टो भएको प्रमाणित भएपछि उम्मेदवारी खारेज भएको हो।

यसबाहेक नुवाकोटमा उम्मेदवार उपर परेका अन्य उजुरीहरु भने रद्द भएको छ। नुवाकोटको विदुर नगरपालिकामा ११ जना मेयर र १० उपमेयरसहित दुई सय ७४ जनाको उम्मेदवारी रहेको र उम्मेदवारी फिर्ता प्रक्रियापछि अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय