• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुईजना महिला सदस्य: निर्विरोध निर्वाचित


    २०७९ वैशाख १३, मंगलबार

    २०७९ वैशाख १३, मंगलबार

    धुन्चे/
    रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा दुईजना महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उक्त गाउँपालिकाको वडा नं २ र ५ मा दलित महिला सदस्यतर्फ एक÷एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

    निर्विरोध निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट वडा नं २ का लक्ष्मी परियार तथा नेकपा एमालेबाट वडा नं ५ का कान्छी लाटी कमिनी रहेको बताइएको छ ।उनीहरूको निर्विरोध घोषणा स्थानीय तह निर्वाचन कानुनबमोजिम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सम्बन्धित