मेष 
व्यवसाय सफल हुनेछ ।आकस्मिक धनलाभ हुने योग छ ।स्वास्थ्य राम्रो रहनेछ । शत्रु पराजित हुनेछन ।प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ ।आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ ।विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

मेष राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ।

बृष 
मनमा असन्तोष बढ्नेछ ।स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ। अनावश्यक रुपमा धनक्षय हुनेछ ।आज कटुवचनको प्रयोग नगर्नु होला ।अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ ।आँखाको समस्याले सताउने छ ।खान पानमा ख्याल गर्नुहोला।

बृष राशिको लागि शुभ खैरो रंग शुभ हुनेछ भने 9 नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

मिथुन
स्वास्थ्य राम्रो रहनेछ ।सत्कार तथा मान सम्मान प्राप्त हुनेछ ।पारिवारीक सुख प्राप्त हुनेछ ।मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ ।विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ।व्यवसायबाट प्रसस्त आम्दानी होला ।

मिथुन राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने 4 नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

कर्कट
खर्चमा वृद्धि हुनेछ ।प्रियजन संग बिछोड।शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ ।अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन ।अनावश्यक यात्राहरु हुनेछन् ।व्यवसायमा घाटा होला ।

कर्कट राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

सिंह
पराक्रम बढ्नेछ ।कामहरु बन्दै जानेछन। मित्रहरुसंग मिलनको योग छ ।मीठो भोजन तथा धन प्राप्त हुनेछ।व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ ।अध्ययनको क्षेत्र सफल रहनेछ ।

सिंह राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने १ नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

कन्या 
भगवान प्रति भक्ति बढ्नेछ ।मनले चिताएको काममा सफलता मिल्ने योग छ ।इष्ट सिद्धि हुनेछ ।रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ ।विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

कन्या राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

तुला
रोजगारी तथा व्यवसायमा घाटा हुन सक्नेछ ।सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ ।यात्राको अवसर प्राप्त हुनेछ ।रोजगारी तथा व्यवसायबाट फाइदा हुने छैन ।पेटमा वायुविकार जन्य समस्या आउनेछ ।खान पानमा विशेष सतर्कता अपनाउनु होला ।

तुला राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ११ नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

वृश्चिक
मन प्रसन्न रहने छैन ।पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ ।मनमा चिन्ता बढ्नेछ ।वादविवाद हुन सक्नेछ सतर्क रहनु होला ।जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

वृश्चिक राशिको लागि शुभ कलेजी रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

धनु
मनमा धार्मिक भावना प्रवल रहेको छ। आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ ।मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ ।परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ ।पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

धनु राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

मकर
आकस्मिक धन प्राप्तिको योग छ ।यश प्राप्त हुनेछ ।श्रीमती/प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ ।स्वास्थ्य राम्रो रहने छ । शत्रु परास्त हुनेछन् ।स्वास्थ्य राम्रो रहने छ ।मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ ।अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।

मकर राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

कुम्भ
मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला ।मन अशान्त रहनेछ ।धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला। व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन ।विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

कुम्भ राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।

मीन
काम विग्रने खालको समय छ।आफन्तहरुसंग झगडा हुनसक्छ ।पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ ।मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन ।अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

मीन राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ ।कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

राशिफल लेखक :- ज्यो. पं युवराज अधिकारी 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय