
नुवाकोट /
जिल्लाको विदुर नगरपालिका -१३ डेउडीमा जनता समाजवादी पार्टी (जसपा) नेपालको सम्पर्क कार्यालय स्थापना गरिएको छ। आज शुक्रबार केन्द्रिय सदस्य डा भिमलाल तामाङले उक्त कार्यालयको उद्घाटन गरेका हुन।
रामेश्वर तामाङको अध्यक्षतामा २१ सदस्यीय टोलकमिटी गठन समेत गरिएको केन्द्रिय परिषद सदस्य राजन बमले नुवाकोट जागरणलाई बताए।
उक्त उद्घाटन कार्यक्रममा जसपा नेताहरु मानसिंङ तामाङ, आईसिंङ तामाङ, राम सुर्खेती, भिम तामाङ लगायत जिल्ला र पालिकाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेकोे थियो।