• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    सावधान झुक्किनु होला: आज “अप्रिल फुल” अर्थात मूर्ख दिवस मनाइदै


    २०७८ चैत्र १८, शुक्रबार

    २०७८ चैत्र १८, शुक्रबार

    नुवाकोट /
    आज अंग्रेजी क्यालेण्डरमा अप्रिल महिनाको १ तारिख ।आजका दिनलाई विश्वका कयौं देशमा ‘अप्रिल फूल’का रुपमा मनाउने गरिन्छ ।आजको दिनलाई ‘मूर्ख दिवस’ पनि भन्ने गरिएको छ ।

    यस दिनमा मानिसहरुले आफूहरुले चिने–जानेका छरछिमेक, इस्टमित्र, नातागोता, साथीभाइ लगायतलाई मूर्ख बनाउने वा झुक्काउने गरिदै आइएको छ । यस दिनलाई हँसिमजाकका रुपमा पनि लिइने गरिएको छ ।

    अप्रिल फूल खासगरी क्यानडा, न्युजिल्याण्ड, वेलायत, अष्ट्रेलिया, इटाली लगायतका मुलुकमा मनाउने प्रचलन छ । पछिल्ला वर्षहरुमा आयातीत संस्कृतिका रुपमा नेपाली युवा पुस्तामाझ अप्रील फूल मनाउने चलन लोकप्रिय हुँदै गएको छ ।

    सन् १५८२ मा फ्रान्समा मार्च २५ देखि अप्रिल एक तारिख सम्मको समयावधिलाई नयाँ वर्ष सप्ताहको रुपमा उल्लेख गरिएको जुलियन क्यालेन्डरलाई विस्थापित गरेर जनवरी एकलाई नयाँ वर्ष मान्ने गरी ग्रेगरिएन क्यालेन्डर प्रचलनमा आएपछि अप्रिलको पहिलो दिनलाई मुर्ख दिवसको रुपमा मनाउन थालिएको हो ।

    अप्रिलको सट्टा जनवरीको पहिलो दिन नयाँ वर्ष मनाउन शुरु भैसक्दा समेत जुलियन क्यालेन्डर स्वीकार गर्नेहरुले अप्रिलको पहिलो दिनलाई नै नयाँ वर्ष मनाउन थालेपछि ग्रेगरियनहरुले उनीहरुलाई परम्परावादी भनेर जिस्क्याउन थालेको र यसैबाट मूर्ख दिवस शुरु भएको भनाई छ ।

    विशेषगरी बालबालिका र युवा पुस्तालाई यो दिवसले विशेष लोभ्याउने गरेको छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको छ ।

     

    सम्बन्धित