• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    दोस्रो सहिद प्रतिमा स्मृति भलिबल प्रतियोगिता यहि चैत्र १७ गतेदेखी शुरु हुने


    २०७८ चैत्र १४, सोमबार

    २०७८ चैत्र १४, सोमबार

    छेकुदोर्जे तामाङ, म्यागङ/
    नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका -४ किम्ताङमा “दोस्रो सहिद प्रतिमा स्मृति” कप भलिबल प्रतियोगिता यहि चैत्र १७ गतेदेखी शुरुहुने आयोजकले जनाएको छ। उक्त प्रतियोगिता शहिद प्रतिमा स्‍मृति बहु उद्वेसिय सहाकारी संस्था लि र न्यु लाली गुरास युबा क्लबको आयोजनामा हुन लागेको हो।

    टिम दर्ता शुल्क ५ हजार ५ सय रहेको यस भलिबल कप गत माघमा कोरोनाको कारण रोकिएको थियो। प्रतियोगिता यहि चैत्र १७ गतेदेखि २१ गतेसम्म चल्नेछ।

    नियमहरु :
    १ खेल साबिक गा बि स स्तरिय हुनेछ
    २ खेलाडिले सम्बन्धित वडा बासी भनी परीचय खुल्ने पत्र , राष्ट्रिय परिचय पत्रको वा नागरिकत प्रतिलिपी अनिबार्य गरीएको छ ।

    ३ कुनै बिबाद वा असहमती हुन गएमा रेफ्रिको निर्णय नै अन्तिम निर्णय मान्य हुने छ ।

    ४ साबिक गा बि स भन्दा बहिरी खेलाडी खेलाईएको पाइएमा नियम अनुसार टिम खेलबाट बन्चित हुनेछ साथै दर्त शुल्क फिर्ता हुने छैन तथा पर्न गएको सबै असुबिध टिम आँफैले बेहोर्नु पर्ने छ ।

    ५ कुनै साबिक गा बि स ले दुई वा सो भन्दा टिमहरु सहभागी गर्न चाहेमा खुल्ला गरीएको छ ।

    ६ खाना बस्नको ब्यवस्था खेलाडी आँफैले गर्नु पर्ने छ ।

    संपर्क :
    सोम बहादुर तमाङ- 9841523626
    आईते तमाङ- 9866432436
    अशोक लामा- 9840700406

    सम्बन्धित