• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    किस्पाङ किर्नेबगरका ३३ वर्षिय युवा भरुवा बन्दुक सहित पक्राउ


    २०७८ चैत्र १३, आइतबार

    २०७८ चैत्र १३, आइतबार

    नुवाकोट /
    जिल्लाको किस्पाङ गाउँपालिकाबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गाउँपालिका वडा नम्बर ३ किर्नेबगरका ३३ वर्षिय गोम्बो तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।आईतवार विहान साढे ६ बजेतिर तामाङलाई आफ्नै घरको पिडिमा बसी भरुवा बन्दुकसफा गरी रहेको अवस्थामा प्रहरीको गस्ती टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    उनीसँग हातहतियार राख्न पाउने कुनै ईजाजत नरहेको पाईएकाले पक्राउ गरी जिल्ला अदालत नुवाकोटमा पेश गरिएको छ ।

     

    सम्बन्धित