सामरी/
नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं -६ दमाईचौरमा नागरिक आरोग्य सेवा केन्द्रको कार्यालय खोलिएको छ। आज शुक्रबार आयोजित एक कार्यक्रममा गाउँपालिका प्रमुख आशा तामाङले उक्त सेवा केन्द्रको उद्घाटन गरेका हुन।

आजदेखी संचालनमा आएको उक्त नागरिक आरोग्य केन्द्रले नि:शुल्क रूपमा आयुर्वेदिक औषदी वितरण गर्नेछ भने जेष्ठ नागरिकलाई शक्तिवर्दक औषधि र सुत्केरी आमाहरुलाई दुग्धवर्दक आयुर्वेदिक औषधि वितरण गरिने म्यागङ आरोग्य सेवा केन्द्रका वैद्य गोविन्द धामीले नुवाकोट जागरणलाई बताए।

उक्त उद्घाटन कार्यक्रममा म्यागङ -६ का वडा अध्यक्ष आतम सिंह तामाङ लगायतको उपस्थिति रहेकोे थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय