नुवाकोट /
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गराउन वैशाख ११ र १२ को मिति तोकेको छ।

र्निाचनका विषयमा विभिन्न पक्षबाट आशंका व्यक्त भइरहेका बेला आयोगले उम्मेदवारी मनोनयनसहितको कार्यतालिका शुक्रबार सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार वैशाख ११ र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउन सकिनेछ। स्थानीय तहमा धेरैले उम्मेदवारी दिने भएकाले भिडभाड कम गर्न दुई दिनको समय उपलब्ध गराउने निर्णय भएको पौडेलले जानकारी दिए।

त्यस्तै वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ। त्यसपछि वैशाख १५ मा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। वैशाख १६ मा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।आयोगले निर्वाचन आचारसंहिता निर्माण गर्नुको साथै लागु गर्ने तयारी पनि गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय