काठमाडौं /
हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरी)को मिर्गौला प्रत्यारोपण शल्यक्रिया सफल भएको छ ।विहीबार (आज) विहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चम्सुरीको मिर्गौला प्रत्यारोपण शल्यक्रिया भएको हो ।

कलाकार डंगोललाई उनका भाई अजु डंगोलले मिर्गौला दिएका हुन् ।भाइ अजुको अवस्था सामान्य रहेपनि कलाकार पल्पसालाई होस् आउन अझै केही घण्टा लाग्ने बताइएको छ ।

करिब ८ महिना अगाडि कलाकार डंगोलको दुवै मिर्गौला फेल भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय