नुवाकोट जागरण
२०७८ फागुण १३, शुक्रबार
२०७८ फागुण १३, शुक्रबार
नुवाकोट /
त्रिशुली अस्पताल संचालन तथा व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष राजु पण्डितले शुक्रवार आफ्नो पदभार ग्रहण गरेका छन् ।स्वास्थ्य मन्त्रालय वागमती प्रदेशबाट अस्पतालको अध्यक्ष पदमा नियुत्त भएका पण्डितले शुक्रवार अस्पतालमा आयोजित एक कार्यक्रममा पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, सचिव श्रीराम श्रेष्ठ, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ र अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. दिपेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

