• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    लमजुङको बेशिशहर केन्द्रविन्दु भएर भुकम्पको धक्का


    २०७८ फागुण १०, मंगलबार

    २०७८ फागुण १०, मंगलबार

    लमजुङ/
    जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ ।गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

    अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ। गए राति भूकम्प जाँदा अधिकांश मानिस  निद्रामा भएका बेला भूकम्पले उठाएको थियो। यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ। जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु तीन दशमलव दुई रेक्टर  स्केलकै भूकम्प गएको थियो।

     

    सम्बन्धित