काठमाडौँ /
आज फागुन ७ अर्थात प्रजातन्त्र दिवस। १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवन आहुति दिएका थिए ।प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ५ सय १ जना कैदीको कैद मिनाहा र १२ जना व्यक्तिहरुलाई सजाय माफी गरिएको छ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुलुकी अपारध संहिता २०७४को दफा ४५को उपदफा९४० तथा बालबालिका सम्बन्धी ऐन, २०७५को दफा ३६को उपदफा९४० र फौजदारी कसूर नियमावली २०७६को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शनिबार देखि लागू हुने गरी ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद र मुलुकी फौजदारी कार्यविधि संहित २०७४को दफा १५९ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा १२ जना व्यक्तिहरुलाई फैसलमा बमोजिम सजाय माफी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x