नुवाकोट जागरण
२०७८ फागुण १, आइतबार
२०७८ फागुण १, आइतबार
विदुर /
नुवाकोटमा एकीकृत समाजवादी पार्टीद्वारा एमसिसीको विरोधमा प्रदर्शन गरेका छन् ।नेकपा (एकीकृत समाजवादी)पार्टीले एमसीसी सम्भौताको बिरोध गर्दै फागुन १ गते देशभर विरोध प्रदर्शन गरेको हो ।

जिल्लाको सदरमुकाम विदुर तथा बट्टार क्षेत्रमा प्रदर्शन गरिएको युवा संघकाे स्थायी कमिटिसदस्य तथा नुवाकाेट ईन्चार्ज उद्धव पनेरुले बताए ।सो कार्यक्रममा युवा संघका नुवाकाेटका अध्यक्ष सुरेश अधिकारी, अनेरास्ववियू नुवाकाेट संयाेजक ओम प्रकाश श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियोे ।

