नुवाकोट /
धरहरा पुनर्निर्माणका अभियानकर्ता ध्रुवप्रसाद गजुरेलकाे धरहरा विशेष बहर गजल सङ्ग्रह भर्खरै प्रकाशन भएको छ । विभिन्न बहरमा लेखिएका यस पुस्तक भित्र १०१ थान गजल रहेका छन् ।
बहर गजल बिषयमा नेपालमा मै पहिलो पि. एच.डी. गर्नु हुने डा. घनश्याम परिश्रमीका अनुसार यस पुस्तकले तिनवटा कुरालाई स्पष्ट पारेको छ ।पहिलो यो गजलको कृति भएको छ ।दोस्रो यो धरहरा विशेष भएको छ भने तेस्रो यसभित्र बहरमा लेखिएका गजल समाविष्ट भएकाछन् ।
ध्रुबका यी गजहरूमा उच्चारणको सहजताका आधारमा मात्रामिलावट, मात्राचढावट र मात्रा गिरावटको प्रयोग भएको पाइन्छ ।गजल सिक्न चाहानेहरूले समेत सजिलै बुझ्न सक्ने गरि बहरको नाम र अर्कान समेत राखेर सरल भाषाका दैनिक प्रयोगमा आउने शब्दहरू चयन गर्नुभएको छ ।
बि. सं. २०७२ सालको बिनाशकारी भूकम्पबाट धरहरा ध्वस्त भएपछि साहित्य मार्फत धरहरा बनाउन दवाब दिदैँ आउनु भएको छ उहाँले। देश बिदेशबाट धरहरा निर्माण कोषमा धेरै रकम जम्मा गराउन सफल पनि हुनुभएको छ ।धरहरा अभियानको सुरुमा कबिता सङ्ग्रह, मध्यमा मुक्तक सङ्ग्रह र धरहरा अभियान सम्पन्न भएको समय पारेर यो “धरहरा विशेष बहर गजल सङ्ग्रह” प्रकाशन भएको छ ।
धरहरा अभियानमा समर्पित यो उहाँको तेस्रो पुस्तक हो। यश पुस्तक भित्रका सबै गजलहरू बहरबद्ध छन् ।सबै गजलहरूमा पाँच, पाँच सेर रहेका छन् ।यसकाे फरक विशेषता भनेको यसभित्रका गजलहरूमा धरहराले स्थान पाएकाे छ ।अधिकांश गजलका फुटकर सेरहरूमा धरहराले चर्चा पाएकाे छ भने केही सिङ्गै गजल धरहराकाे सन्दर्भमा लेखिएका छन् ।यसरी यो सङ्ग्रह फरक पृष्ठभूमिमा तयार भएको छ ।
धरहरा अभियन्ता ध्रुबप्रसाद गजुरेलले बि स २०७२ सालको भूकम्ले धरहरा ढलेबाट धरहरा बनाउन पर्छ भन्दै नेपाल सरकार र ठेक्का पाएपछि धरहरा निर्माण कम्पनिलाइ विभिन्न कार्यक्रम मार्फत दवाब दिदै आउनुभएको पनि छ ।धरहरा शिलन्यासको दिन धरहरा फेदमा सम्बोधन सहित धरहराका सबैतलाबाट विभिन्न लाइभ कार्यक्रम संचालन गरिसक्नु भएको पनि छ ।धरहरा पुन: निर्माण अभियान शुरू गर्दा तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, त्यस बेलाका प्रमुख प्रतिपक्ष दलका नेता के पी शर्मा ओली र नेपाली काङ्ग्रेसका शभापति शेर बहादुर देउबा ( जो आज यो देशका सम्माननीय प्रधानमन्त्रीज्यू पनि हुनुहुन्छ) को लिखित शुभकामना सहित शुरू भएको धरहरा पुननिर्माण अभियान सम्पन्न र धरहरा पनि बनिसकेको अबसरमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना, राष्ट्रिय पुन निर्माण प्राधिकरणका कार्यकारि अधिकृत सुशील ज्ञावाली, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती को शुभकामना तथा डा घनश्याम परिश्रमीको गजलबारेमा परिचर्चा र धरहरा बनाउने ठेकेदारको नजरमा अभियन्ता ध्रुव गजुरेलको बारेमा खुलेर लेखेका कुराहरूले पनि धरहरा अभियानका बारेमा जानकारी पाउन सकिन्छ ।
ध्रुबप्रसाद गजुरेलको “धरहरा विशेष बहर गजल सङ्ग्रह” भित्र रहेको पहिलो पेजको यो पहिलो गजलबाट पनि भित्रका अन्य गजलहरूका बारेमा जानकारि अनुमान लगाउन सकिन्छ ।
गजल
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान: १२२ १२२ १२२ १२२
बनायो नि जसले सिरानी मलाई
उसैले जलायाे डढेलाे लगाई।
मलामी कसैले नझार्नू नि आँसु
म जाँदै छु टाढा असाध्यै रमाई।
सबैको म साथी भएरै रहन्छु
भलो होस् अरूको मनैमा जगाई।
हियामा बसेरै लगाए छु माया
नजानी तिमीले गरायौ पराई ।
सधैँ धरहराको जपेको छु नाउँ
हिँडेको छु हरदम म छाती उठाई।