• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    आज २८५८ औं सोनाम ल्होछार मनाइदै


    २०७८ माघ १९, बुधबार

    २०७८ माघ १९, बुधबार

    नुवाकोट /
    तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।मञ्जुश्री पात्रोअनुसार आजदेखी ताक / च्यान ल्हो ( बाघ वर्ग )शुरु हुन्छ। यो २८५८ औं सोनाम ल्होछार हो।

    मञ्जुश्री पात्रो शुरु भएको २८५८औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मानिन्छ ।प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

    ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको छ ।मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ।

    आज यस पर्वको दिन स्थानिय सरकार , प्रदेश सरकार र केन्द्र सरकारले सार्वजनिक विदा दिएको छ। नुवाकोट जागरण परिवार हजुरहरुको आजको दिन हर्शोल्लासपुर्ण रहोस शुभकामना व्यक्त गर्दछ।

    सम्बन्धित