नुवाकोट /

“मनेगङ छ्योर्तेन समुद्घाटन समारोह तथा वृहत् साँस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संगम सेवा समाज दोहा कतार तथा संगम सेवा समाज संस्था नेपालको संयुक्त आयोजनामा संथाका प्रमुख सल्लाहकार/तथा समारोहका संयोजक वाङ्गज्यु लामा तामाङको सभापतित्वमा माननीय पूर्व कानुन मन्त्री एवं स्वास्थ्य मन्त्री (नेकपा एमालेका प्रभाशाली नेता) शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा तथा माननीय आशामाया तामाङको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

अन्य अतिथिहरुमा:- अजितमान तामाङ, बिजय सिङ लोप्चन, गङ्गा ब. तामाङ, बिरबल तामाङ, होम ब. घले, बिनोद तामाङ, पस्कल तामाङ, रमेश लामा, मेरे लामा, गोम्बो  दोर्जे लामा, सोनाम लामा, रेशम तामाङ, उमाकान्त भट्ट, सुरेन्द्र तामाङ, एक राज घले, आईत घले, धन बहादुर घले,  लगायत अन्य धार्मिक, सामाजिक, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरु समाजसेवी छ्योर्तेन निर्माण अभियानका अभियान्ताहरु तथा सहयोगी दाताहरुको बाक्लो उपस्थिति रहेका थिए।

छ्योर्तेन समुद्घाटन समारोह संगै तामाङ समुदायको राष्ट्रिय महान चाड मञ्जुश्री संवत् २८५८ औं सोनाम ल्होछार (ता/च्यान- ल्हो) अर्थात बाघ वर्गको पावन अवसरमा आयोजित दुई चरणमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा बाहिर बाट आमन्त्रित (धर्म गुरु लामा गुरु)  श्रद्देय नवाङ सम्तेन (टुल्कु) को बाहुलिमा लुपेन दोर्जे गोन्बो लगायत अन्य दर्जनौ लामा धर्म गुरुहरुको साथमा स्थानीय लामाहरुको विशेष उपस्थितिमा अघिल्लो रातैभरी जाग्राम बसी बौद्धधर्मावलम्बी हरुको धार्मिकग्रन्थ अनुसार विधिवत रब्ने,ध्यान, प्राथना, पुजापाठ मोलम,प्रवचन,साङ सेर्क्येम, वाङ ग्रहण गरि मनेगङ छ्योर्तेन समुद्घाटन गर्नु भएको हो।

दोस्रो चरणको कार्यक्रममा सभापति प्रमुख अतिथि, बिशिस्ट अतिथि लामा गुरुहरु, अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरि व्यानर अनावरण तथा नेपाली राष्ट्रिय गान स्रवण गरी ज्ञात/अज्ञात सहिदहरुको सम्झनामा मृतकहरुको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो। समाजसेवी/जनप्रतिनिधि एकराज घले ले स्वागत मन्तव्यद्वारा अतिथिहरुको  स्वागत सत्कार गर्नुका साथै कार्यक्रमको बारेमा थप स्पष्टता पार्नु भएपछि औपचारिकता लिएको छ्योर्तेन समुद्वघाटन समारोह तथा वृहत् साँस्कृतिक कार्यक्रम डिबि तामाङले संचालन गरेका थिए। साथमा फुर्बा घले ले सघाएका थिए।

अतिथिलाई स्वागत/सत्कार गर्नुका लागि स्वयंसेवक प्रतीक्षा तामाङ,रोजिना तामाङ, चोक्ती माया तामाङ,सुप्रीया तामाङ, मनु तामाङले ब्याच/खदा ओढाएर स्वागत/सम्मान गरेका थिए। स्थानीय बालकलाकारहरु सन्जिबनी घले र आश्मा घले ले स्वागत गितबाट उत्कृष्ट नृत्य प्रस्तुत गरि अतिथिहरुको स्वागत, सत्कार गरेकी थिइन्।

कार्यक्रमलाई थप प्रभावकारी र सांगीतिक मनोरञ्जन प्रदान गर्न आमन्त्रित ख्यातिप्राप्त अतिथि कलाकारहरु:-चर्चित गायक तथा संगीतकार फुल कुमार बम्जन, गायक तथा नायक आरम्भ तामाङ, नायक/गायक तथा निर्देशक राज किङ वाईबा, नायक/ निर्देशक सिङ्ग बहादुर तामाङ,गायक सौराम तामाङ, गायक शिशिर थोकर तामाङ, गायक मिलन एस. वाइबा, गायक मनोज लोप्चन, मोडल शान्ति लामा, गायक फुर्वा लामा, गायिका निशा लामा, रचनाकार/गायक राज लोप्चन लगायत स्थानीय क्लब कक्यू मोन्लम (आशिर्वाद) युवा कल्ब किस्पाङ्ग भाल्चे १ का स्थानीय कलाकारहरुको ग्रुप डान्स साथमा अन्य कलाकारहरुको गायन तथा  बेजोडको नृत्य प्रस्तुतिले साच्चिकै माहोल ल्होछारमय बनेको थियो।

सभापति वाङ्ज्यु  लामा तामाङले विश्वव्यापी कोभिड १९ को असमान्य परिस्थितिलाई च्यालेन्ज गर्दै “मनेगङ छ्योर्तेन निर्माण अभियान सफलता पूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यस अभियानमा जोडिएर प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सुरुको दिनदेखि सम्पन्न गर्दा सम्म अहोरात्र खटेर तन मन कर्म वचन र आर्थिक, नैतिक तथा भौतिक रुपमा अतुलनीय सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी दाताहरु, संगम सेवा समाज दोहा कतार प्रवासबाट “गङतेन छ्योर्तेन निर्माण अभियानका मुख्य अभियान्ता एवं (महासचिव) पूर्णमान तामाङ साथै संस्थाका अध्यक्ष कान्छामान तामाङ लगायत आयोजक दुबै संस्थाका कार्य समितीका मेजर पदाधिकारीहरु, सदस्यहरु, जनप्रतिनिधिहरु/किस्पाङ गाउँपालिका,  व्यबस्थापक तथा समाज सेवी धन बहादुर घले, धर्म तामाङ, फुल कुमारी लामा (घले) जग्गा दान गर्ने दाताहरु, बुद्धिमान तामाङ, धर्म तामाङ, अतिथि कलाकार संयोजक तथा विशेष सहयोगी (उपाध्यक्ष) मोनराज घले, अतिथि कलाकारहरु, ब्यानर तथा (सम्मान पत्र डिजाइनर) आशिक गोङ्बो, अतिथिहरु, मिडियाकर्मी सबैलाई विशेष धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राख्दै आफू र संस्थाको तर्फबाट गाउँ समाज विकास र परिवर्तनमा निरन्तर साथ रहने प्रतिबद्धता जनाउदै कार्यक्रम समापन गर्नुभएको थियो।

आयोजकले यस अभियान अन्तर्गत रु, ५०००/- देखि माथी आर्थिक सहयोग गर्ने दाताहरुको नामावली शिलापत्रमा छापिने घोषणा गरेका छन् साथै आर्थिक/भौतिक/नैतिक/ सामाजिक सहयोग गर्ने व्यक्तिहरुको छुट्टै फिलेक्स बोर्डमा नामसूचिकरण गरी मंचमा टाँसिएको थियो।  साथै अतिथि कलाकारहरु र सहयोगीहरु अन्य प्रायोजकहरु, मिडियाकर्मी, समाजसेवीहरुलाई सम्मान पत्रद्वार, प्रमुख अतिथिलाई मायाको चिनोद्वारा विशेष सम्मान गरेका थिए।

कोभिडको बढ्दो तेस्रो लहर भेरियन्टको हल्लाले गर्दा कार्यक्रम व्यबस्थापनमा केही बाधा र असहज अन्योलता छाएकोले १ हप्ताको छोटो तयारीमा वृहत् कार्यक्रम आयोजना गरि सफलता पार्नु सक्नु निश्चयनै चुनौतीपूर्ण कुरा थियो। तथापि आयोजकले निर्धारण गरेको समय भन्दा ढिलो कार्यक्रम संचालन भए तापनी रातिको १० बजे सम्म पनि अतिथि कलाकारहरुको साथमा धमाकेदार प्रस्तुतिमा वान मोर, वान मोर भन्दै अतिथिहरु दर्शकहरु, युवायुवती देखी वृद्धहरु समेत झुमिरहेका, नाचीरहेका घुइँचो देखिन्थ्यो।

यस संस्थाले अहिले मात्रै नभई स्थापना कालदेखी नै स्वदेश तथा बिदेशमा समस्यामा परेका नेपालीहरु तथा प्राकृतिक विपत्तिमा परेका पीडितहरुलाई साथै दीर्घरोगीहरुको स्वास्थ उपचार्थ खर्च, दिन दु:खिहरुको लागि आर्थिक सहयोग गरि विभिन्न चरणमा सामाजिक सद्भाव कायम गर्दै आईरहेको सर्ववितितै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x