धुन्चे /
आफ्ना कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ ।कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि सोमबारदेखि सेवा बन्द भएको हो ।
सोमबार सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी संक्रमित भएकाले शुक्रबारसम्म सेवा स्थगित गरेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जनाएका छन् ।सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालयको नागरिकता, संघ संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटतर्फका सम्पूर्ण सेवा बन्द गरिएको उनले बताए ।
सेवा लिन सदरमुकाम आएका सेवाग्राहीहरू सूचना पाएपछि फर्केका छन् ।शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवाहरू भने नियमित हुने सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताए । हिमाली जिल्ला रसुवामा पछिल्लो समय कोरोना संक्रमितको दर बढ्दै गएको छ ।