• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    आज एकैदिन थपिए १० हजार २ सय ५८ जना कोरोना संक्रमित


    २०७८ माघ ४, मंगलबार

    २०७८ माघ ४, मंगलबार

    काठमाडौ /
    पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १० हजार २५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पिसिआर गर्दा ८ हजार ७३० जना र ४ हजार ९५६ मा एन्टिजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा गरी सो संख्यामा संक्रमित भेटिएको हो।

    यस्तै, कोरोनाबाट २४ घन्टामा १ जनाको मृत्यु भएको छ। संक्रमणमुक्त हुनेको संख्या ५६२ रहेको छ।

    सोही क्रममा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जनामा नयाँ संक्रमित थपिएका छन्।

     

    सम्बन्धित