• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    प्रदेश १ का मुख्यमन्त्री राईको सम्पत्ती बिवरण: ५ आना जग्गा १० तोला सुन


    २०७८ पुष ३०, शुक्रबार

    २०७८ पुष ३०, शुक्रबार

    काठमाडौ /
    प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका छन् ।उनीहरुले पेश गरेको सम्पत्ति विवरण अनुसार सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्री राजेन्द्र राईको देखिएको छ ।

    मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त गरेको पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन्। त्यस्तै श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार र आफ्नो नाममा दुई वटा बैंकको खातामा १९ लाख रुपैयाँ रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।

    राईले दुवै बैंकको रकम तलब भत्ताबाट आम्दानी भएको र श्रीमतीको खातामा भएको रकमको स्रोत स्कुलको स्वामित्व बिक्री र माइती पक्षबाट पाएको उल्लेख गरेका छन् ।मुख्यमन्त्री राईसँग १० तोला सुन र एउटा मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।रासस

    सम्बन्धित