• कार्तिक १३, २०८३ शुक्रबार
    30 Oct, 2026, Friday

    नुवाकोट तारुकाको गोरु जुधाई मेला स्थगित


    २०७८ पुष २९, बिहिबार

    २०७८ पुष २९, बिहिबार

    नुवाकोट/
    जिल्लाको चर्चित गोरु जुधाई मेला यो वर्ष स्थगित भएको छ ।बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको हो ।

    बिहीबार तारकेश्वस्थित माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गरी बढ्दो ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ व्यवस्थापनको निर्णय अनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाई कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

    अध्यक्ष श्रेष्ठले गोरु जुधाई कार्यक्रम स्थगित हुँदा पर्न गएको क्षतिप्रति सम्पूर्ण कृषक तथा दर्शकहरुसँग क्षमा समेत मागेका छन् ।धादिङसँग सीमा जोडिएको नुवाकोटको तारकेश्वरमा (तारुका)  प्रत्येक वर्ष माघे संक्रान्तिका दिन भव्य रुपमा गोरु जुधाई मेला लाग्ने चलन छ ।

     

    सम्बन्धित