• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    संक्रमितको संख्यामा दिनहुँ वृद्धि: आज थपिए ३ हजार ७५ जना


    २०७८ पुष २८, बुधबार

    २०७८ पुष २८, बुधबार

    नुवाकोट /
    पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ मा संक्रमण पुष्टि भएको जनाएको छ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

    आज देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको मन्त्रालयले जनाएको छ।

     

    सम्बन्धित