• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    आज एकैदिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि


    २०७८ पुष २७, मंगलबार

    २०७८ पुष २७, मंगलबार

    काठमाडौ /
    एकैदिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाको नमुना परिक्षण गरिएको मध्ये २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।देशभर संक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ रहेको छ ।पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ।

    सम्बन्धित