• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    नेपाली महिला भलिबल टोलिले उज्बेकिस्तानलाई हराउँदै इतिहास रच्न सफल


    २०७८ पुष १३, मंगलबार

    २०७८ पुष १३, मंगलबार

    काठमाडौ /
    नेपाली राष्टिय महिला भलिबल टोलीले एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा उपाधि रक्षा गर्दै इतिहास दोहोर्याएको छ। सेन्ट्रल जोनमा उत्कृष्ट प्रर्दशन गर्दै महिला टोलीले उज्बेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै इतिहास रचेको हो।

    बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नवप्रवेशी टोली उज्बेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।

    निकै प्रतिस्पर्धात्मक भएको खेलमा नेपालले उज्बेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ ले जित निकालेको हो।

    पहिलो सेटमा नेपाल एक समय ११–७ १६–१२, १८–१५ ले पछि परेको अवस्थामा १९–१८ ले अग्रता बनायो। यस्तै २२–२२ को अवस्थामा रहँदा नेपालले प्रतिस्पर्धात्मक खेल खेल्दै २६–२४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

    दोस्रो सेटमा सुरुवातबाट नै पछि परेको नेपाल २४–२४ को अवस्थामा थियो। दोस्रो सेट नेपालले २६–२४ ले गुमायो।

    तेस्रो सेटमा एक समय १०–११ ले पछि परेको नेपालले अग्रता बनाउँदै खेललाई १८–११ को अवस्थामा ल्यायो। उत्कृष्ट प्रर्दशन गरेको नेपालले तेस्रो सेट २५–१५ ले जित्यो। चौथो सेट २५–२२ ले गुमाउन पुग्यो।

    राउण्ड रोविनको खेलमा नेपालले उज्बेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो।

     

    सम्बन्धित