नेपाली महिला भलिबल टोलिको लगातार तेस्रो जित

खेलकुद समाचार

काठमाडौ /
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले “एभिसी एशियन सेन्ट्रल जोन भलिबल”मा अपराजित यात्रा कायम राखेको छ। शनिबार भएको खेलमा आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको हो।

नेपालले घरेलु टोलीलाई २५–५, २५–१५ र २५–१७ ले पराजित गर्दै एक पक्षीय जित हात पारेको हो। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ ले तथा दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

महिलातर्फ आयोजक बंगलादेश, कीर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ देशको सहभागिता रहेको छ भने राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *