नुवाकोट जागरण
२०७८ कार्तिक २, मंगलबार
२०७८ कार्तिक २, मंगलबार
काठमाडौ।
मंगलबार दिउँसो २ बजेतिर गएको पहिरोले धरान उपमहानगरपालिका -१३ नागेश्वर मार्गका निसान राईको घर पुरेको छ। उनका ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको हो।
एक तले टिनको छाना भएको घर पुरिँदा घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको थियो। दिउँसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो।

