• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा मार्‍यो


    २०७८ असोज १२, मंगलबार

    २०७८ असोज १२, मंगलबार

    ११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मारेको छ ।

    व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो । २१ मध्ये ७ वटा खसी दशैंमा बेच्न ठिक्क पारिएको पौडेलको भनाइ छ ।

    वस्ती भन्दा थोरै पर रहेको यो खोरमा भएको घटनामा एउटा सानो पाठो जीवित भेटिएको छ भने एउटा बाख्रा हराइरहेको फर्म सञ्चालक पौडेलले अनलाइनखबरलाई बताए । ‘बेलुका खोरमा थुनेर गएका २३ मध्ये २१ वटा बाख्रा मृत फेला परेको छ, एउटा बाघले लगेको रहेछ’ पौडेलले भने । एउटा सानो बच्चो भने खोरबाट तल खसेका कारण जीवितै फेला परेको उनले बताए ।

    खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको पौडेलले बताए ।

    वनका कर्मचारीहरुको रोहबरमा मृत बाख्रालाई गाड्न लागिएको उनले टेलिफोनमा अनलाइनखबरलाई बताए ।

    सम्बन्धित