• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    आज बागमती ,मधेस र गण्डकी प्रदेशमा वर्षा


    २०८० जेठ १०, बुधबार

    २०८० जेठ १०, बुधबार

    नुवाकोट /
    हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहानैदेखि नुवाकोट, धादिङ र रसुवामा हल्का वर्षा भैरहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

    आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति भने मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    मिल्दो जुल्दो खबर