• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    जेठ ६ गतेदेखि १० गतेसम्म पाँचदिन नेपालबन्द


    २०८० जेठ ३, बुधबार

    २०८० जेठ ३, बुधबार

    नुवाकोट /
    नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो।

    टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो।

    पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाइएको छ।

    मिल्दो जुल्दो खबर