• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    आरजु राणा र मञ्जु खाणविरुद्ध, पक्राउ पूर्जी किन जारी भएन ?


    २०८० वैशाख २४, आइतबार

    २०८० वैशाख २४, आइतबार

    काठमाडौ /
    राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाणविरुद्ध पक्राउ पूर्जी जारी नभएको हो ? भन्दै प्रश्न गरेका छन्।

    आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानी गर्न नहुने तर्क गरे।

    प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको उनले बताए।

    नक्कली भुटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको दाबी गरे। उनले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरे।

    मिल्दो जुल्दो खबर